आज काठमाडौँका यी ठाउँमा विद्युत बन्द हुने « Khabarhub

आज काठमाडौँका यी ठाउँमा विद्युत बन्द हुने


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका केही स्थानमा विद्युत कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत रत्नपार्क वितरण केन्द्रको टेकु थापाथली फिडर अन्तर्गत पर्ने क्षेत्रमा चार घण्टा विद्युत बन्द हुने बताएको हो ।

प्राधिकरणका अनुसार थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी कार्यालय, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताल क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि  बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने भएका विद्युत सेवा अवरूद्ध हुने भएको हो ।

यसैगरी, महाराजगञ्ज वितरण केन्द्रको शिवपुरी फिडर अन्तर्गत डाँडागाउँ, पासिकोट, भष्मथली, टोखा, पंचेटार, मेगासिटी, ढलमल क्षेत्रमा पनि विद्युतीय तार भूमिगत गर्ने कामका लागि ती क्षेत्रहरूमा आज बिहान साढे ९ बजेदेखि  दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ५६ बजे

रास्वपाका प्रतिनिधिको झोलाभित्र के-के छ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ३८४ जनाले दिए उम्मेदवारी

चितवन– काठमाडौं- चितवनमा चार दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

नेहा कक्कडको गीतमा इभा गिरीको हट डान्स

काठमाडौं – बलिउड गायिका नेहा कक्कडको गीतमा नेपाली टिकटकर इभा

जब चार युवाले मध्यराति आर्यघाटमा नग्न नृत्य गरे

विराटनगर- कोशीको राजधानी सहर विराटनगरस्थित परोपकार घाटमा मध्यराति नग्न नृत्यमा

प्रदेश संरचनाबारे रास्वपामा बाझियो मत : रवि पक्षमा उभिँदा स्वर्णिम भन्छन्, ‘खारेज गरौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रदेश संरचनाको