हेटौँडा अस्पतालमा मिर्गौला रोगीलाई नियमित डायलाइसिस सेवा « Khabarhub

हेटौँडा अस्पतालमा मिर्गौला रोगीलाई नियमित डायलाइसिस सेवा


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको हेटौँडा अस्पतालले मिर्गौला रोगीका लागि डायलाइसिस उपचार सेवालाई सहज बनाएको छ ।

यहाँ हाल मधेस प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमती प्रदेशको सिन्धुली र मकवानपुरका गरी कूल ६६ मिर्गौला रोगीले दैनिक आलोपालो गरी डायलाइसिस सेवा लिइरहेका छन् ।

हेटौँडा अस्पतालको डायलाइसिस युनिटका इन्चार्ज सीमा कणेलका अनुसार डायलाइसिस सेवा लिनेमा १८ महिला छन् । मिर्गौला बिरामीले हप्ताको दुईपटक अनिवार्यरूपमा चिकित्सकको परामर्शअनुसार डायलाइसिस सेवा लिइरहेका छन् ।

उनका अनुसार हेटौँडा अस्पतालमा हाल मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा डायलाइसिस गरिरहेका बिरामीको उपचारमा समस्या भएको कणेलको भनाइ छ । उनले बिरामीलाई थप उपचार गर्नुपर्ने अवस्था आए कहाँ लैजाने भन्ने समस्या रहेको बताइन् ।

अहिले डायलाइसिस युनिट कक्षमा १३ डायलाइसिस मेसिनबाट दैनिक बिहान, दिउँसो र साँझ गरी तीनपटक प्रत्येक बिरामीलाई आलोपालो डायलाइसिस सेवा दिने गरिएको छ ।

डायलाइसिस युनिटमा सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, हेटौँडा उपमहानगरपालिका, रोटरी क्लब हेटौँडा र आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले डायलाइसिस मेसिन खरिद गरी उपलब्ध गराएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा. रामचन्द्र सापकोटाले बताए ।

मकवानपुरमा मिर्गौलाका बिरामी चार सयभन्दा बढी पहिचान भएको र उनीहरुले आ–आफ्नो सुविधाअनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनका विभिन्न अस्पतालमा डायलाइसिस सेवा लिँदै आएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्यमणप्रसाद घिमिरेले जानकारी दिए ।

मिर्गौलाका बिरामीलाई तत्काल डायलाइसिस उपचार सेवा पाउन प्रत्येक स्थानीय निकायबाट अनिवार्य सिफारिस लिनुपर्ने र सोही अनुसार विपन्न नागरिक उपचार सेवा कोषअन्तर्गत निःशुल्क डायलाइसिस उपचार सेवा दिने गरिएको छ ।

सम्बन्धित अस्पताललाई सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महाशाखामार्फत वार्षिक रकम भुक्तानी दिने गरेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दीपक तिवारीले बताए ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ११ : १८ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो