मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो हुनुपर्छ : देउवा « Khabarhub

मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो हुनुपर्छ : देउवा


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वदायी भूमिकामा मुलुकमा समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको भन्दै परिवर्तन स्थापित गर्न कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका हुन् । 

उनले पार्टीभित्र पूर्ण रुपमा मेलमिलाप हुन नसकेको भन्दै जित र हारलाई स्वाभाविक रुपमा लिँदै पार्टीलाई एकतावद्ध गर्नुपर्नेमा जोड दिए । अहिलेको निर्वाचन प्रणालीमा कसैको पनि बहुमत नआएपनि जनताले कांग्रेसलाई पहिलो पार्टी बनाएको भन्दै सभापति देउवाले यसमा नेता तथा कार्यकर्ताको पनि ठूलो योगदान रहेको जिकिर गरे ।

त्यस्तै कांग्रेस उपसभापति एवं कानूनमन्त्री धनराज गुरुङले प्रदेशलाई अधिकारसम्पन्न बनाउन संघीय सरकारले छिटै आवश्यक कानून ल्याउने जानकारी दिए । निजामती ऐन, प्रहरी ऐन र शिक्षा ऐन ल्याउने तयारी भइरहेको भन्दै उनले तत्काल संसदको अधिवेशन बस्न नसके अध्यादेशमार्फत भएपनि आवश्यक कानून ल्याउने जानकारी दिए ।

त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबै प्रदेशका सम्मेलनमा कानून अभावको गुनासो सुनिएको भन्दै कांग्रेस महासमिति बैठकसम्म पनि प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्ने चेतावनी दिए । उनले प्रदेशलाई बलियो बनाएमात्रै संघीयता बलियो हुने धारणा राखे ।

त्यस्तै कांग्रेस प्रदेश सभापतिहरुले पार्टीको भावनालाई समेट्दै पार्टी अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ४ : ०९ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका