प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्ने महामन्त्री शर्माको चेतावनी « Khabarhub

प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्ने महामन्त्री शर्माको चेतावनी


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी संघीय सरकारले कानुनहरू निर्माण नगरे आफूहरू पनि सिंहदरबार घेर्न जाने बताएका छन् ।

नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा उनले प्रदेशहरूले आफूहरूलाई अधिकार सम्पन्न बनाउने कानुन माग्दा पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका हुन्  ।

प्रदेश सम्मेलनमा जाँदा लुम्बिनी, गण्डकी, मधेश र बागमतीमा समेत एउटै गुनासो सुनेको भन्दै शर्माले प्रदेशले युरेनियम र हिरामोती नमागेको बताए ।

निजामती सेवा, लोकसेवा आयोग, पहरी र केही आर्थिक अधिकारसँग सम्बन्धित कानुन नहुँदा प्रदेशलाई अप्ठेरो परेको भन्दै शर्माले कांग्रेसको महासमिति बैठकसम्म ती कानुन नबने प्रदेशका नेताहरूसँगै आफूहरू पनि सिंहदरबार घेर्न जाने बताएका हुन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ४ : २० बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश