भ्रष्टाचारको जालो « Khabarhub

भ्रष्टाचारको जालो


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

मान्छेले अति गरेको सहन्छ, चार गरेको सहँदैन । आज अतिचार गर्नेहरुको संख्या बढिरहेको छ । देश भ्रष्टाचारको दलदलमा फसिरहेको छ । यसको जालो तलदेखि माथिसम्म फैलिरहेको छ ।

अहिले भुइँमान्छेहरुको रगत र पसिना राजनीतिज्ञदेखि जागिरेसम्मले लिइरहेका छन् । छि ! यस्तो प्रवृत्ति विरुद्ध बोल्नेहरुलाई भित्रभित्रै अनेक षड्यन्त्र गरेर ज्यान लिइरहेका छन् ।

भ्रष्टाचारले देशलाई चुर्लम्म डुबाइसकेको छ । डुबाउनेहरुलाई लाग्दो हो– हामीले जिन्दगी शानदार बनायौं । तर, भुइँमान्छेको रगत र आँशु चुसेर यिनलाई के शान्ति होला र ? भ्रष्टाचारीहरुको कुनै धर्म हुन्छ ? जात, सम्बन्ध, पार्टीहरु कुन–कुन हुन्छ ?

म त भ्रष्टाचारीलाई भ्रष्टाचारी नै देख्छु । अरुले अर्कै अवतारमा देख्छन् र एउटा समस्या जन्मिएको छ ।

यी जस्तासुकै मान्छे हुन्, यिनको पहुँच जस्तोसुकै ठूलो होस्, च्याप्प समातेर जेल हाल्न कसले, केले रोकिरहेको छ ?

भ्रष्टाचारीलाई समातिनबाटै बचाउने खेल अनेक मान्छेहरुले खेलिरहेका छन् । यिनको पनि छानविन हुन आवश्यक छ ।

यहाँ कानुनभन्दा माथि कोही मान्छे छैन । माथि छु भनिए पनि कानुनको बलात्कार गरेर आफू माथि बुर्कुशी मारिरहेका छन् धुन्धुकारीहरु । यिनलाई भुइँमान्छेबारे के चासो ?

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ४ : ४७ बजे

सय दिनमा सरकारले के के गर्‍यो ? (लाइभ)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पूरा

भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते

काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार

पूर्वाधार निर्माणका गाँठा फुकाउन सार्वजनिक खरिद विधेयक : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणका कामलाई

पदाधिकारी नियुक्ति प्रक्रिया पारदर्शी बनाइने छ : मन्त्री मेहता

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म