पुन:निर्माण शीर्षकका खानेपानी आयोजना बजेट नआउँदा अलपत्र « Khabarhub

पुन:निर्माण शीर्षकका खानेपानी आयोजना बजेट नआउँदा अलपत्र


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे–सरकारले पुन:निर्माण शीर्षकमा काभ्रेमा सञ्चालनमा ल्याइएका खानेपानी आयोजना बजेट नहुँदा अलपत्र परेका छन् ।

केन्द्रीय सरकारको पुनःनिर्माण शीर्षकको बजेटबाट विसं २०७३ देखि विभिन्न मितिमा सुुरु गरिएका ९० खानेपानी आयोजनामध्ये हाल १० मात्रै सम्पन्न भएका छन् ।

बाँकी ८० खानेपानी आयोजनाको थप बजेट नआउँदा अलपत्र अवस्थामा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्राविधिक शिवप्रसाद शर्माले जानकारी दिए ।

३० लाख रुपैयाँको खानेपानी योजनाको विसं २०७३ साउनमा पहिलो किस्ता १० लाख लिएर सुरु गरिएको बताउँदै बनेपा नगरपालिका–३ चुनातालका लिफ्टिङ खानेपानी उपभोक्ता समिति अध्यक्ष टेकप्रसाद दाहालले त्यसपछि थप बजेट नआउँदा काम अलपत्र अवस्थामा बताए ।

दाहालका अनुसार यस योजनाको मूलदेखि लिफ्ट गर्ने स्थानसम्म पाइप र एउटा १० हजार लिटरको ट्याङ्की मात्रै निर्माण गरिएको छ भने एउटा रिजर्भ ट्याङ्की निर्माण गरी मुख्य पाइपलाइन र घरघरमा खानेपानी पुर्‍याउने पाइप विस्तार गर्न बाँकी छ ।

खानेपानी आयोजनाअनुसार बजेट छुट्याइए पनि पहिलो किस्तावापतको रकमले सुरु गरिएपछि केही आयोजनाले मात्रै कार्यप्रगतिको आधारमा दोस्रो किस्ता लिएर काम गरेको प्राविधिक शर्माले बताए ।

मुलुक सङ्घीयतामा गएपछि गत साउनमा काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हाल सिन्धुपाल्चोकको चौतारामा सारिएको छ । त्यस कार्यालयको कार्यक्षेत्र अब दुवै जिल्ला तोकिएको छ ।

डिभिजन कार्यालय प्रमुख राजेन्द्र न्यौपानेले पुनःनिर्माण कार्यक्रमअन्तर्गतको निर्माणाधीन खानेपानी आयोजनाका लागि केन्द्र सरकार वा प्रदेश सरकार कहाँबाट आउने भन्ने अझै अन्योलता रहेको बताए ।

बजेटको अन्योलताकै कारण डिभिजन कर्यालयको क्रमागत खानेपानी योजना काभ्रेपलाञ्चोकमा ७५ र सिन्धुपाल्चोकमा ६५ वटा अलपत्र अवस्थामा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १० : ४० बजे

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू