क्रिकेटर सन्दीपविरुद्ध मुद्दाको पेसी न्यायाधीश शिशिर ढकालको इजलासमा « Khabarhub

क्रिकेटर सन्दीपविरुद्ध मुद्दाको पेसी न्यायाधीश शिशिर ढकालको इजलासमा


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको पेसी काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको छ ।

आजको पेसी सूचीमा उक्त मुद्दा पहिलो नम्बरमै परेको छ।

नाबालिग बलात्कारको कसुरमा २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुने बताइएको छ ।

सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ। मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ।

यसअघि सो मुद्दा पेसीमा चढेर पनि लामो समयदेखि पटक पटक सर्दै आएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसके पनि सुनुवाइ भने सर्दै आएको थियो ।

सर्वोच्च अदालतले यसअघि गत फागुनमा चाँडो फैसला गर्न आदेश दिएको भए पनि अहिलेसम्म फैसला हुन सकेको छैन ।

गत मंसिर २४ गते न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेसी चढे पनि सन्दीप पक्षका वकिलले निवेदनमार्फत स्थगित गराएका थिए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ११ : ३९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले