सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अब बुधबार सुनुवाइ हुने « Khabarhub

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अब बुधबार सुनुवाइ हुने


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ।

आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ।

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ। आइतबारदेखि जिल्ला अदालतको बन्द इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।

आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए। बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको बताइएको छ।

क्रिकेटर सन्दीप लामिछानेमाथि एक किशोरीलाई बलात्कार गरेको अभियोग छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ६ : २१ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा