दरवाङ स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे’ सेवा « Khabarhub

दरवाङ स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे’ सेवा


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे’ सेवा सुरु भएको छ ।

लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउण्डेशनको कोषबाट एक वर्षअघि ४२ लाख मूल्य बराबरको ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो ।

केन्द्रका सूचना अधिकारी यमन नेपालीले लायन्स क्लबले उपलब्ध गराएको एक्सरे मेसिनको कम्प्युटेड रेडियोग्राफी प्रणालीलाई पुरानो १०० एमएको एक्सरे मेसिनमा जडान गरी डिजिटल बनाएर आइतबारदेखि प्रयोगमा ल्याइएको जानकारी दिए ।

‘५०० एमए रेडियोग्राफीसहितको एक्सरे मेसिन धेरै प्रयास गर्दा पनि प्रयोगमा ल्याउन नसकेपछि सोको प्रणाली केन्द्रमा रहेको पुरानो मेसिनमा जडान गरेर सेवा सुरु गरिएको हो’, उनले भने, ‘डिजिटल एक्सरे सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।’

डिजिटल एक्सरे सेवा भएपछि बिरामीको उपचार गर्न सहज हुने सूचना अधिकारी नेपालीले बताए । केन्द्रबाट मालिका, धौलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने गर्दछन् । सो क्षेत्रका बासिन्दालाई एक्सरे सेवाका लागि सदरमुकाम बेनी पुग्नुपर्ने समस्या हटेको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक्सरेको रिपोर्टको आधारमा बिरामीको समस्या पहिचान गर्न सहज भएको हो । हाल प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड, मुटुको इसीजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ९ : १४ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको