मन्त्री किरातीलाई पदमुक्त गराएरै छाड्छौँ : महामन्त्री राणा « Khabarhub

मन्त्री किरातीलाई पदमुक्त गराएरै छाड्छौँ : महामन्त्री राणा


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाका महामन्त्री धवलशमशेर राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदमुक्त गराइने छाड्ने बताएका छन् । 

क्रिसमस फेस्टिभलका अवसरमा गत बुधबार मन्त्री किरातीले दिएको अभिव्यक्तिको विरोध जनाउँदै सोमबार सनातन धर्मावलम्बी समूहले काठमाडौंमा गरेको प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै महामन्त्री राणाले सडकबाटै मन्त्री किरातीलाई पदमुक्त गराइने छाड्ने उद्घोष गरेका हुन् ।  उनले देशमा हिन्दुराष्ट्र सहितको राजतन्त्र नआएसम्म सडकमा प्रदर्शन जारी राख्ने उल्लेख गरे ।

काठमाडौंको गौशालामा भेला भई सनातन धर्मावलम्बी समूहले र्‍यालीसहित किराँतीको बर्खास्तीको माग गर्दै प्रदर्शन गरेको हो । संसद् भवन नयाँ बानेश्वर पुगी धर्ना कार्यक्रम गर्ने भनेपनि प्रहरीले निषेधित क्षेत्र भएको भन्दै प्रदर्शनकारीलाई संसद् भवन जान रोकेको थियो

प्रदर्शनकारीले संसद् भवन जान नपाएपछि बानेश्वरको सडकमा कोणसभा गर्दै मन्त्री किरातीको राजीनामा मागेका थिए । साथै धार्मिक क्षेत्रमा अधार्मिक नियुक्ति पनि खारेजको माग गरेका छन् । उनीहरूले धर्म निरपेक्ष मुर्दावाद, विभेदकारी मन्त्रीलाई कारबाही गरलगायत लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरू देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : ०४ बजे

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही