अष्ट्रेलियामा आँधी : १ जनाको मृत्यु, १ लाख २० हजार घर बिजुलीविहीन « Khabarhub

अष्ट्रेलियामा आँधी : १ जनाको मृत्यु, १ लाख २० हजार घर बिजुलीविहीन


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउँदा ठूलो दुर्घटना निम्तिएको छ । 

चट्याङका कारण एक महिलाको मृत्यु भएको छ ।  सातै आँधीबाट १ लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् । स्थानीय अखबार द कुरियर-मेल’ का अनुसार सडकमा हिँड्दै गर्दा  रूख ढलेपछि गोल्ड कोस्ट शहरको उपनगर हेलेन्सभेलमा ५० वर्षकी महिलाको मृत्यु भएको थियो ।

गोल्ड कोस्ट, सिनिक रिम र लोगानमा आँधीको प्रभावले लगभग एक लाख २७ हजार घरहरू बिजुलीविहीन भएको अखबारले  उल्लेख गरेको छ । स्थानीय बिजुली कम्पनीका कर्मचारीहरूले आँधीले क्षति पुगेका आठ सय ७५ वटा बिजुली लाइनहरू मर्मत कार्य भइरहेको  बताएका छन् । क्वीन्सल्याण्डमा विनाशकारी आँधीबेहरीले ध्वस्त पारेको बिजुली केही दिनसम्म बन्द हुन सक्ने बताइएको छ। 

मङ्गलबार दिउँसो अर्को आँधीबेहरी आउन सक्ने चेतावनी जारी गरिएको छ ।  उपनगरहरूले असिना पर्न सक्ने भन्दै  दक्षिण पूर्व क्वीन्सल्याण्ड  क्षेत्र प्रतिकूल मौसमबाट पीडित हुने सक्ने सूचना जारी गरेको  छ ।

प्रतिकूल मौसमका कारण यस वर्षको क्रिसमसको अवधिमा पूर्वी अस्ट्रेलियामा विनाशकारी आँधी आउने सम्भावना रहेको अस्ट्रेलियाको एबीसी न्युज प्रसारकले शनिबार जनाएको छ ।  

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : ११ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय