पञ्जाबले सन् २०२३ मा १०० पाकिस्तानी ड्रोन खसाल्यो « Khabarhub

पञ्जाबले सन् २०२३ मा १०० पाकिस्तानी ड्रोन खसाल्यो


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पञ्जाब– सीमा सुरक्षा बलले यस वर्ष लागूऔषध, हतियार र गोलबारुद भारतीय भूमिमा तस्करी गर्न प्रयोग भएका १०० वटा पाकिस्तानी ड्रोनहरू खसालेको जनाएको छ ।

बीएसएफले भारतीय भूभागमा लागूऔषध र अन्य अवैध पदार्थको ढुवानीलाई रोक्नका लागि तीन-पक्षीय रणनीति’ बनाएको बताएको छ । सेनाहरूले ड्रोन मार्फत लागूऔषधको तस्करी गरिरहेका तस्करहरूलाई  पक्रेका छन् ।

हमा पोष्ट का अनुसार  सन् २०२३ मा, बीएसएफ पञ्जाबले भारतमा लागूऔषध तथा गोलालाबारुद तस्कर सहित एक सय वटा पाकिस्तानी ड्रोनहरू सफलतापूर्वक नष्ट गरेको छ । ड्रोन, लागूपदार्थ तथा हतियार लगायत, बीएसएफले तस्करहरूलाई पनि सफलतापूर्वक पक्राउ गरेको आफ्नो पोस्टमा उल्लेख गरेको छ । ‘बीएसएफले लागूऔषध आपूर्तिमा कटौती गर्न तथा लागूऔषध दुरुपयोग विरुद्ध सचेतना बढाई युवाहरूलाई सशक्त बनाउन तीन-पक्षीय रणनीति लागू गरेको छ ।

यसैबीच, बीएसएफले सोमबार अमृतसरमा ड्रोन मार्फत तस्करीको प्रयासलाई विफल पार्दै चार सय ३४ ग्राम हेरोइन बरामद गरेको जानकारी दिएको छ ।
अधिकारीहरूका अनुसार पाकिस्तानी ड्रोनले भारतीय हवाई क्षेत्रको उल्लंघन गरेपछि बीएसएफका जवानहरूले खोजी अभियान शुरु गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : ४९ बजे

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता

ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द