डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधान खोजौं : चेम्बर « Khabarhub

डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधान खोजौं : चेम्बर


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधान खोज्न आग्रह गरेको छ ।

लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलबारे विद्युत् प्राधिकरण र उद्योगीबीच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायमैत्री वातावरणमा असर गर्ने चेम्बरले जनाएको छ ।

चेम्बर अफ कमर्सले जारी गरेको विज्ञप्तिमा विद्युत् प्राधिकरण र व्यवसायीबीच पछिल्लो समय देखिएको मतभिन्नताप्रति चेम्बरको ध्यानाकर्षण भएको जनाएको छ । उद्योगमैत्री वातावरण र लगानीमा समेत यसले असर गर्ने उसले बताएको छ ।

प्राधिकरण र उद्योगीबीच समस्या समाधान नभए यसले रोजगारी र राजस्व संकलनमा समेत असर गर्ने चेम्बरको ठहर छ ।

लामो समयदेखि शिथिलताबाट गुज्रँदै आएको अर्थतन्त्रलाई निकास दिनुको विकल्प नभएको भन्दै चेम्बरले तत्काल समाधान खोज्न र विवाद थप अघि नबढाउन सुझाव दिएको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : ०१ बजे

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली