आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै « Khabarhub

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ भन्ने राष्ट्रिय मूल नारा तय गरिएको छ ।

दिवसको अवसरमा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विशेष कार्यक्रम गर्दैछ । मन्त्रालयले जेष्ठनागरिकका पक्षमा काम गर्ने व्यक्ति र संस्थालाई सम्मान  एवं पुरस्कार वितरण गर्न लागेको छ ।

मुलुकमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दिनको अवसरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा यसवर्ष ज्येष्ठ नागरिकका पक्षमा उल्लेखनीय कार्य गरेको भन्दै व्यक्तितर्फ नेपाली साहित्यमा चट्याङ मास्टरका नामले परिचित कृष्ण मुरारी गौतमलाई ‘ज्येष्ठ नागरिक वर्ष पुरुष’ घोषणा गरी नगद एक लाखसहित सम्मान गर्दैछ ।

यस्तै, संस्थातर्फ महिला तथा वृद्ध सेवा केन्द्र, कञ्चनपुरलाई सम्मान गर्न लागिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १० : ११ बजे

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन