अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन प्रधानमन्त्रीलाई सुझाव « Khabarhub

अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन प्रधानमन्त्रीलाई सुझाव


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी मोर्चा नेपालले संविधानमा भएका अनुसूचीलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान जारी भएको आठ वर्षसम्म पनि संघीयता कार्यान्वयन नहुँदा ‘बोझ’ भएको सन्देश गएकाले अध्यादेश ल्याएर भए पनि अधिकार दिन सुझाव दिएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए।

मोर्चाले संविधान प्रदत्त अधिकार प्रदेशले नपाउँदा संघीयता विरोधी शक्तिहरूसँग लड्न प्रदेश कमजोर भएको ठहर गरेकाे ५ ।

बैठकमा मोर्चाले हालसम्म गरेका कामहरूको समीक्षा हुनुका साथै पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको छ ।

यसका साथै नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे समेत छलफल भएको छ ।

सरकारमा सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने चित्रहरू देखिएको भन्दै बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले असन्तुष्टि प्रकट गरे ।

बुधबार साँझ ६ बजे पुनः बस्ने गरी समाजवादी मोर्चाको बैठक सकिएको छ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : ५१ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका