विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ  « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ 


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

मोरङकाे बिराटनगर महानगरपालिका- १५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८६ मिलिग्रामसहित खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका- ४ बस्ने २५ वर्षीय मिलन राईलाई मंगलबार दिउँसो प्रहरीले  पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी, मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका- १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित थाहा नगरपालिका- ११ बज्रबाराही बस्ने २५ वर्षीय सबिन गुरुङलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना ८ ख ७५०४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई राखेको उक्त गाँजा फेला पारी चालक गुरुङलाई पक्राउ गरेको हो ।

त्यस्तै, कञ्चनपुरकाे भिमदत्त नगरपालिका- ४ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ मिलिग्रामसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका-६ बनगाउँ बस्ने २८ वर्षीय बिनोद भुजेल र २३ वर्षीय राजिब चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : ३९ बजे

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन