इराकमा भएको विस्फोटमा दुई पर्यटकको मृत्यु « Khabarhub

इराकमा भएको विस्फोटमा दुई पर्यटकको मृत्यु


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बगदाद– पश्चिमी इराकको मरुभूमिमा मंगलबार सडक किनारमा भएको बम विस्फोटमा परी मारिएका दुई कुवेती र साउदी पर्यटकको शव फेला परेको इराकी सेनाले बताएको छ । 

सुरक्षा मिडिया सेलले जारी गरेको विज्ञप्तिअनुसार पर्यटक भिसामा इराक प्रवेश गरेका एक साउदी र एक कुवेती अनबर, सलाहुद्दिननिनेवेह प्रान्तमा फैलिएको विशाल मरुभूमिमा बेपत्ता भएका थिए । इराकी सुरक्षा बलले अनबर मरुभूमिमा बेपत्ता पर्यटकको खोजीमा व्यापक अभियान सञ्चालन गर्दा उनीहरूको जलेको शव फेला पारेका हुन् । 

विज्ञप्तिमा आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) ले सडक किनारमा छोडेको पुरानो बममा उनीहरूको गाडीले ठक्कर दिँदा भएको विस्फोटबाट मृत्यु भएको आशंका गरिएको छ । 

यसैबीच अनबर प्रान्तको एक सुरक्षा स्रोतका अनुसार कुवेती र साउदी मरुभूमिमा शिकार यात्रामा रहेका थिए । उनीहरू आइएसको गतिविधिबाट पूर्णरूपमा सुरक्षित थिएनन् । सन् २०१७ मा आइएसको पराजयपछि इराकमा सुरक्षा स्थितिमा सुधार भएको छ ।

 यद्यपि आइएसका केही अवशेष सहरी केन्द्र, मरुभूमि तथा उबडखाड क्षेत्रमा लुकेका छन् र उनीहरूले सुरक्षा फौज र सर्वसाधारणविरुद्ध लगातार गुरिल्ला हमला गरिरहेका छन् । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ४ : २८ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं