कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा घर भइ हाल ललितपुर बस्ने  २० वर्षीय दिपेन्द्र कुमार राउत रहेका छन् ।

राउतले अजय कुमार साहलाई वैदेशिक रोजगारीको लागि कुवेत पटाइदिन्छु, त्यसको लागि चार लाख रुपैयाँ लाग्छ र कुवेत पुगेपछि होटेलमा काम लगाइदिन्छु जहाँ मासिक ६५ हजार रुपैयाँ तलब हुन्छ भनी प्रलाेभनमा पारी तीन लाख रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोमबार ललितपुरको  टिकाथलीबाट पक्राउ गरेको हो ।

उनलाई अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : ०१ बजे

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर

उज्यालो नेपाल पार्टीमा आफ्नो नाम राखेको भन्दै प्रधानको आपत्ति

काठमडौँ- ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा