सडक निर्माण ढिलाइको विरोधमा रास्वपाले गर्‍यो ११३ किमि पैदल यात्रा « Khabarhub

सडक निर्माण ढिलाइको विरोधमा रास्वपाले गर्‍यो ११३ किमि पैदल यात्रा


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइको विरोध स्वरूप सुरु गरेको पैदल यात्रा सकिएको छ ।

नारायणगढ-बुटवल सडक निर्माणमा ढिलाइ भएपछि रास्वपाले दबाबस्वरुप यो पैदल यात्रा गरेको हो । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको टोलीले नारायणगढदेखि बुटवलसम्मको सडक खण्डमा तीन दिन पैदल हिँडेका थिए ।

रास्वपा नेता-कार्यकर्ताले ११३ किलोमिटरको बाटो तीन दिनमा पैदल हिँडेर पार गरेका हुन । रास्वपाको विरोध यात्राका क्रममा विभिन्न स्थानमा सर्वसाधारणले रास्वपाको टोलीलाई स्वागत पनि गरेका थिए ।

रास्वपाको पैदल यात्रामा उपसभापति डोलप्रसाद अर्याल, सांसदहरू निशा डाँगी, हरि ढकाललगायत अन्य केही केन्द्रीय सदस्य पनि सहभागी भएका थिए ।

तीन वर्षमा सक्ने गरी २०७५ साल माघमा सम्झौता भएको यो सडक खण्डको पाँच वर्ष बितिसक्दा पनि ५० प्रतिशत काम सम्पन्न हुन सकेको छैन । सडक खण्डका लागि नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबिच सम्झौता भएको थियो ।

निर्माण कम्पनीले काममा ढिलाइ हुनुमा कोरोना कहर र निर्माण सामग्री अभावलगायतका कारण देखाउँदै आएको छ । कम्पनीले हाल कामले तीव्रता लिएको र २०८१ साल पुस मसान्तसम्ममा सम्झौता अनुसार काम सकिने बताउँदै आएको छ ।

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ८ : २९ बजे

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

नयाँदिल्ली– बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल

जेन-जीलाई तितरबितर पार्दै प्रहरी, फेरि पक्राउ परे निकोलस र मिराज (तस्बिरहरू)

काठमाडौं– जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आज काठमाडौंको माइतीघरमा

६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ?

काठमाडौं – दीपक आचार्य ‘काकु’ को डेब्यू निर्देशन रहेको फिल्म