टेक्सासमा भएको सवारी दुर्घटनामा ६ भारतीय मूलका नागरिकको मृत्यु « Khabarhub

टेक्सासमा भएको सवारी दुर्घटनामा ६ भारतीय मूलका नागरिकको मृत्यु


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

टेक्सास– अमेरिकाको टेक्सासमा भएको सडक दुर्घटनामा भारतीय मूलका ६ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशका एक एनआरआई परिवारका ६ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । 

सो  दुर्घटना क्रिसमसको भोलिपल्ट २६ डिसेम्बरमा भएको हो, जुन  परिवार आन्ध्र प्रदेशको अमलापुरमबाट अमेरिकामा बसोवास गर्न आएका हुन । 

अमेरिकी सञ्चारमाध्यमका अनुसार मारिएका व्यक्ति गत मंगलबार टेक्सासस्थित अर्का आफन्तको घरमा गएका थिए । त्यसपछि सबैजना स्थानीय चिडियाखाना गएर त्यहाँबाट मिनी भ्यानमा घर फर्किरहेका थिए । सोही क्रममा जोन्सन काउन्टी नजिकै एउटा पिकअप ट्रकले उनीहरू सवार कारलाई ठक्कर दिएको छ। 

सो दुर्घटनामा परी मिनी भ्यानमा सवार ६ जनाको मृत्यु भएको छ भने लोकेश नामका एकजना भने जीवित रहेका छन् । तर, उनको अवस्था निकै नाजुक रहेको जनाइएको छ ।  सोही क्रममा पिकअपमा सवार दुवै जना घाइते भएका छन् र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

पिकअप ट्रक गलत दिशामा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार घाइतेहरूलाई हेलिकप्टरबाट मेडिकल सुविधामा लगिएको थियो तर तीमध्ये ६ जनाको अस्पतालमा पुगे पछि मृत्यु भएको घोषणा गरिएको थियो। 

मृतकहरूको पहिचान विधायक पोन्नडा वेंकटका सतीश कुमारका काका पी नागेश्वर राव, सीता महालक्ष्मी, नवीना, कृतिकनिशिताको रूपमा गरिएको छ। छैटौँ व्यक्तिको नाम भने खुल्न सकेको छैन ।

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  १ : ०१ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र