युरोपेली आयोगका पूर्वप्रमुख डेलोर्सको निधन « Khabarhub

युरोपेली आयोगका पूर्वप्रमुख डेलोर्सको निधन


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पेरिस– युरोपेली आयोगका पूर्व प्रमुख तथा युरोपेली सङ्घको ऐतिहासिक एकल मुद्रा परियोजना स्थापना कर्ता व्यक्तित्व ज्याक डेलोर्सको ९८ वर्षको उमेरमा निधन भएको अल जजीराले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार पेरिसमा आफ्नै घरमा राति सुतिरहेको अवस्थामा मृत्यु भएको हो । डेलर्सले  सन् १९८५-०९४ को अन्त्यसम्म तीन कार्यकालका लागि युरोपेली आयोगको अध्यक्षको रूपमा सेवा गरेका थिए। 

युरोपेली आयोग प्रमुखको रूपमा डेलोर्सको कार्यकालको दशकमा इयूले आफ्नो एकीकृत एकल बजार प्रवर्द्धन गर्दै एकल मुद्रा युरो लागू गरेको थियो । 

फ्रान्सेली राजनीतिको एक प्रमुख व्यक्तित्व, डेलोर्सले सन् १९८१ देखि सन् १९८४ सम्म राष्ट्रपति फ्रान्कोइस मिटर्रान्डको नेतृत्वमा अर्थमन्त्रीको रूपमा पनि काम गरेका थिए । 

फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोँले इयूका पूर्व नेतालाई युरोपको अतुलनीय वास्तुकार र मानव न्यायका लागि लडाकुको रूपमा सम्झँदै उनीप्रति अन्तिम सम्मान व्यक्त गरेका छन् । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ४ : २० बजे

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६