पहिलो टेस्ट क्रिकेटमा भारतमाथि दक्षिण अफ्रिकाको शानदार जित « Khabarhub

पहिलो टेस्ट क्रिकेटमा भारतमाथि दक्षिण अफ्रिकाको शानदार जित


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो टेस्ट क्रिकेटमा भारतमाथि दक्षिण अफ्रिकाले ३२ रनको इनिङ अन्तरले हराएको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ ।

तेस्रो दिनको दोस्रो इनिङमा भारत १ सय ३१ रनमा अल आउट भएपछि दक्षिण अफ्रिकाले शानदार जित दर्ता गरेको हो । दोस्रो इनिङमा भारतका ब्याटर चल्नै सकेनन् । विराट कोहलीले ८२ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनमा आउट भए । शुभमन गिल २६ रनमा आउट भए ।

भारतका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर यशस्वी जैसवाल ५, रोहित शर्मा शून्य, श्रेयस ऐर ६ र लोकेश राहुल ४ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका नान्द्रे बर्गरले १० ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडाले दुई र मार्को यानसनले तीन विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिका पहिलो इनिङमा ४ सय ८ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाको जितमा ओपनर डिएन एल्गरले २ सय ८७ बलमा २८ चौकासहित १ सय ८५ रनको शानदार शतकीय इनिङ खेले । उनी शार्दुल ठाकुरको बलमा लोकेश राहुलबाट क्याच आउट भएपछि दोहोरो शतक पूरा गर्न सकेनन् ।

मार्को यानसन १ सय ८७ बलमा ११ चौका र १ छक्कासहित ८४ रनमा नट आउट रहे । डेब्यू खेल खेलेका डेविड बेडिंघम ८७ बलमा ७ चौका र २ छक्कासहित ५६ रनमा आउट भएका थिए ।

भारतका जस्प्रित बुमराहले सर्वाधिक ४ विकेट लिए । मोहम्मद शिराजले दुई, ठाकुर, प्रसिद्ध कृष्णा र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत २ सय ४५ रनमा अल आउट भएको थियो । भारतका लोकेश राहुलले १ सय ३७ बलमा १४ चौका र ४ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेका थिए ।

विराट कोहलीले ६४ बलमा ५ चौकासहित ३८ रन बनाएका थिए । ओपनर यशस्वी जैसवाल १७, रोहित शर्मा ५, शुभमन गिल २, श्रेयस ऐर ३१, रविन्द्रन आश्विन ८, शार्दुल ठाकुर २४, जस्प्रित बुमराह १ र मोहम्मद शिराज ५ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक पाँच विकेट लिए । डेब्यू खेल खेलेका नान्द्रे बर्गरले ३, मार्को यानसन र जेराल्ड काट्जीले १–१ विकेट लिए । दोस्रो टेस्ट ३ जनवरी देखी सुरु हुनेछ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ९ : ०६ बजे

भक्तपुरमा सिन्दूर जात्राको उत्सव (तस्बिर)

भक्तपुर– भक्तपुरको थिमिमा ३२ खटसहितको सिन्दूर जात्रा मनाइएको छ ।

च्याम्पियन्स लिग : साविक विजेता पीएसजी र एट्लेटिको सेमिफाइनलमा, बार्सिलोना बाहिरियो

काठमाडौँ – साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र एट्लेटिको

सम्झौता भएनन् सिँचाइका १० योजना

पर्वत– आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा

रायोको सागमा भेटियो अत्याधिक मात्रामा विषादी

काठमाडौँ – रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। दोलखाबाट

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

बागमती– आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन