युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण « Khabarhub

युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

कीएभ रूसले युक्रेनको राजधानी कीएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।
युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो ।

कीएभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिएका छन् । युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँच वटा अन्य शहरमा पनि हवाई आक्रमण गरिएको शहरका मेयर र प्रहरीले बताएका छन् ।

सुमीकोनोटोपमा पनि रातभर आक्रमण भएको बताइएको छ । दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको शहरका मेयरले बताएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ०६ बजे

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य

वैधानिकताको दबाब : कांग्रेस देउवा पक्षका नेता निर्वाचन आयोगमा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै