सनी लियोनीले मोबाइल नम्बर दिएपछि यी युवकले झेल्नुपर्‍यो तनाव ! « Khabarhub

सनी लियोनीले मोबाइल नम्बर दिएपछि यी युवकले झेल्नुपर्‍यो तनाव !


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिल्म ‘अर्जुन पटियाला’ मा सनी लियोनीले एक मोबाइल नम्बर बताउँछिन् । मान्छेहरूले उनले दिएको नम्बर सनी लियोनीकै सम्झेपछि यसले समस्या निम्त्याएको छ ।

युवाहरूले उक्त नम्बरमा फोन गर्न थाले । तर त्यो मोबाइल नम्बर सनी लियोनीको थिएन । नम्बर दिल्लीमा रहने पुनीत अग्रवाल नामक एक व्यक्तिको थियो । ती व्यक्तिले अहिले यो नम्बर सनीको होइन भनेर भन्दाभन्दा वाक्क भइसकेको बताएका छन् ।

पुनीतलाई दैनिक एक सयभन्दा बढी सनीलाई भन्दै फोन आउने गर्छन् । फोन गर्ने सबैले सनीसँग कुरा गर्न चाहेको बताउँछन् । यो फोनबाट पुनीत यति तनावमा परे कि, उनले प्रहरीमा उजुरी नै दिएका छन् ।

‘अर्जुन पटियाला’ २६ जुलाईमा रिलिज भएको थियो । फिल्म रिलिज भएपछि पुनीतको मोबाइलमा निरन्तर फोन आउन थाल्यो । हैरान भएपछि सनी र निर्माताविरुद्ध पुनीतले उजुरी दिएका छन् । पुनीतको मोबाइलमा भने फोन आउन छोडेको छैन ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ११ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै