मुगाका माला सहितको सामान चोरी गरेकाे आराेपमा पाँच जना पक्राउ  « Khabarhub

मुगाका माला सहितको सामान चोरी गरेकाे आराेपमा पाँच जना पक्राउ 


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुमूल्य मुगाका माला सहितको सामान चोरी गरेकाे आराेपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही घर भएका १९ वर्षीय आकाश थोकर तामाङ, झापा घर भएका ५१ वर्षीय खेम प्रसाद न्यौपाने, सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय राज कुमार थापा भन्ने लवन थापा, नुवाकोट घर भएका ४३ वर्षीय राम बहादुर तामाङ र उदयपुर घर भएका  ४० वर्षीय कपिल तामाङ रहेका छन् ।

यही पौष ४ गते कोटेश्वर बालकुमारी स्थित देवी कृष्ण चौलागाईको डेरामा चाेरी भएकाे थियाे । कोही नभएको समयमा कोठाको पछाडि पट्टीको भर्‍याङ बाट भित्र प्रवेश गरी चोरहरुले बहुमूल्य मुगाका माला, दुई तोला सुनको सिक्री लगायतका सामग्री २४ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ ।

उक्त घटना अनुसन्धानको क्रममा चोरी कार्यमा संलग्न रहेका सर्लाही हरीवन घर भई हाल काठमाडौं बालुवाखानी बस्ने आकाश तामाङ समेतको संलग्नता रहेको अनुसन्धानबाट खुलेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरूलाई  बिहीबार काठमाडौंकाे गौरीघाटबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट मुगाको माला र मोबाइल ६ थान बरामद भएको छ ।

उनीहरू माथि  थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : ०४ बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ