ईपीएस शाखाले फेरि खोल्यो आवेदन, जहाज कम्पनीको फारम भरेकाले मात्र सहभागी हुन पाउने « Khabarhub

ईपीएस शाखाले फेरि खोल्यो आवेदन, जहाज कम्पनीको फारम भरेकाले मात्र सहभागी हुन पाउने


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि पुनः आवेदन खुला गरेको छ । तर, पुस १६ देखि १८ गतेसम्म आवेदन दिन पाइने यो परीक्षामा जहाज निर्माण (सीप बिल्डिङ) कम्पनीमा सहभागीहरूले मात्र सहभागिता जनाउन पाउने विभागले सीमा तोकेको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘सन् २०२३ मा सीप बिल्डिङ सेक्टरमा फाराम भरेका आवेदकहरूले मात्र फारम भर्न सक्नेछन् । सो भन्दा बाहेकका व्यक्तिले फारम भर्न पाइने छैन । यदि भरेको खण्डमा स्वतः रद्द हुनेछ ।’

यसअघि ईपीएस कोरिया शाखाले मंसिर १९ गते सूचना प्रकाशित गरेर कोरियाको उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि दरखास्त आह्वान गरेको थियो । तर, त्यसमा जहाज निर्माण कम्पनीतर्फ परीक्षा दिएकाहरुले सहभागी हुन नपाउने विभागले बताएको थियो ।

यही विषयलाई लिएर पाटन उच्च अदालतमा रिटसमेत परेको थियो । असन्तुष्ट परीक्षार्थीले आन्दोलन गर्नेक्रममा शुक्रबार ललितपुरमा दुईजनाको ज्यानसमेत गएको थियो ।

अन्ततः अदालतले आदेश दिएको भन्दै ईपीएस शाखाले एक कदम पछि हटेर जहाज  निर्माण कम्पनीका लागि फारम भरेकाहरुले पनि उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि आवेदन दिन सक्ने सूचना जारी गरेको हो ।

 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : १७ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय