ईपीएसका हाकिम, प्रहरीका डीएसपी र मन्त्रीका अंगरक्षकलाई निलम्बन गर्न निर्देशन « Khabarhub

ईपीएसका हाकिम, प्रहरीका डीएसपी र मन्त्रीका अंगरक्षकलाई निलम्बन गर्न निर्देशन

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


35.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ललितपुरको बालकुमारीमा शुक्रबार दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएको भन्दै सरकारले ईपीएस कोरिया शाखाका हाकिम, फिल्डमा खटिएका प्रहरीका डीएसपी र मन्त्री प्रकाश ज्वालाका अंगरक्षक(प्रहरी) लाई निलम्बन गर्ने भएको छ ।

तीनैजनालाई निलम्बनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले खबरहबलाई बतायो ।

शनिबार दिउँसो मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ । बैठकले दोषीमाथि निलम्बनको कारवाही र मृतकका परिवारलाई  क्षतिपूर्तिसम्बन्धी निर्णय गर्ने छ ।

यसैबीच, शनिबार दिउँसो साढे २ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ । बैठकमा दोषीहरुमाथि निलम्बनको कारवाहीले औपचारिकता पाउने र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिसम्बन्धी निर्णय गरिने स्रोतले बतायो ।

कोरिया भाषा परीक्षामा रोक लगाएर युवाहरुलाई उत्तेजित र आक्रोशित बनाएको, उनीहरुलाई परीक्षा दिनबाट बञ्चित गरेको र त्यसैको आक्रोेशका रुपमा युवाहरुले शुक्रबार प्रदर्शन गरेको भन्दै सरकारले इपीएस शाखाका हाकिमलाई निलम्बन गर्न लागेको हो ।

ईपीएस शाखामा महानिर्देशक डण्डुराज घिमिरे छन् भने निर्देशक गुरुदत्त सुवेदी छन् ।

बालकुमारी घटनामा निर्देशक सुवेदी दोषी देखिएको भन्दै सरकारले उनलाई निलम्बन गर्न लागेको स्रोतले खबरहबलाई बतायो । शुक्रबारको बालकुमारीमा ललितपुरका डीएसपी उमेश लम्सालको नेतृत्वमा १२५ जना प्रहरी खटिएका थिए ।

त्यसैगरी बालकुमारीमा प्रहरीको कमाण्डमा खटिएका डीएसपी पनि दोषी देखिएकाले उनलाई निलम्बन गर्न लागिएको स्रोतको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएसओले सडकको अवस्थाबारे रिपोर्टिङ नलिएर लापरबाही गरेको भन्दै उनलाई पनि निलम्बन गर्न लागिएको स्रोतले बतायो । कुन ठाउँको सुरक्षा कस्तो छ भन्ने जिम्मेवारी ननिभाएको हुनाले उनी निलम्बनमा पर्ने भएका हुन् ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १२ : ०३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले