सुडानको स्वास्थ्य संकटबारे डब्लूएचओको चेतावनी « Khabarhub

सुडानको स्वास्थ्य संकटबारे डब्लूएचओको चेतावनी


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुडानमा गहिरिँदो स्वास्थ्य र मानवीय संकटसँग जुध्नका लागि तत्काल कदम चाल्न आह्वान गर्दै अन्तर्राष्ट्रिय समुदायलाई आर्थिक सहयोग बढाउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले युद्धबाट प्रभावित सुडानी क्षेत्रका अधिकांश स्वास्थ्य संस्थाले युद्धका कारण काम गर्न नसकेको बताए । 

गत अप्रिल १५ देखि सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहानले आफ्ना पूर्व सहयोगी रहेका अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेजका कमाण्डर मोहम्मद हमदान डग्लोसँग सशस्त्ररूपमा लडिरहेका छन् । 

सुडानको राजधानी खार्तूमको दक्षिणमा रहेको अल-जजिरा राज्यमा भएको द्वन्द्वपछि पाँच लाखभन्दा बढी मानिसले शरण लिएका थिए ।

तर, यसै महिना अर्धसैनिक बलले राज्यको गहिराइमा पुगेर देशको बाँकी रहेका केही भागमध्ये एकलाई ध्वस्त पारिदिएपछि तीन लाखभन्दा बढी मानिस फेरि भाग्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सशस्त्र द्वन्द्व स्थान र घटना डाटा परियोजनाको एक अनुमानअनुसार अप्रिलमा द्वन्द्व सुरु भएयता हिंसामा १२ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

टेड्रोसले भने, ‘रोगको फैलावट नियन्त्रण र कुपोषणको खतरालाई सम्बोधन गर्नेलगायत तीव्र स्वास्थ्य आवश्यकताहरूको साझेदारहरूसँग प्रतिक्रिया दिँदै डब्ल्यूएचओले प्रभावित जनसङ्ख्याको अत्यावश्यक स्वास्थ्य आवश्यकताहरू पूरा गर्न अन्तर्राष्ट्रिय समुदायबाट थप आर्थिक सहयोगको लागि पनि आह्वान गर्दछ ।’

संयुक्त राष्ट्रसङ्घका अनुसार कम्तीमा ७१ लाख मानिस विस्थापित भएका छन्, जसमध्ये १५ लाख सीमा पार गरेर छिमेकी मुलुकतर्फ भागेका छन् ।

इथियोपियाका पूर्व स्वास्थ्यमन्त्री टेड्रोसले सन् २०१७ देखि संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकायको नेतृत्व गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : ०९ बजे

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै