कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न « Khabarhub

कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि जारी बैठक शनिबार बेलुका सम्पन्न भएको हो ।

बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको निश्चित मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको पार्टी सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

यस्तै, बैठकले जाजरकोट भूकम्पमा पार्टीले एक हजार घर बनाउने निर्णय गरेकोमा उक्त घर निर्माणमा सहयोग गर्ने आम कांग्रेसका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको छ । सुशासनको क्षेत्रमा देखिएका केही समस्यालाई केन्द्रीय समितिले उजागर गरेको र जनतालाई सुशासन प्रत्याभूती हुने खालका सेवा प्रदान गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसले शुक्रबार बालकुमारी घटेको घटनाको सत्यतथ्य छानबिन गरी पीडितका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार गर्ने र परिवारजनमा परेको क्षतिका बारेमा राज्यले विशेष निर्णय लिन बैठकले माग गरेको विश्वकर्माले बताए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : ४३ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका