चाडपर्वले राष्ट्रिय एकता कायम गर्न सघाउँछ : प्रदेशप्रमुख गुरुङ | Khabarhub Khabarhub

चाडपर्वले राष्ट्रिय एकता कायम गर्न सघाउँछ : प्रदेशप्रमुख गुरुङ


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका प्रदेशप्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

तमु (गुरुङ) समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा आज शुभकामना दिँदै उनले यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत गर्ने बताएका छन् ।

गुरुङ समुदायले हर्षका साथ पुरानो वर्षलाई बिदाइ र नयाँवर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै आएको उल्लेख गर्दै सन्देशमा उनले गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वतलगायत जिल्लामा यो पर्व उमङ्गका साथ मनाइने गरिन्छ ।

प्रदेश प्रमुख गुुरुङले यस पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ३० बजे

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए 

म्याग्दी– म्याग्दीमा उत्पादन हुने कोदोका परिकारको विविधिकरण र बजारीकरण हुन

गफ जोतेर जीविका चलेको मुलुक !

हिउँजस्तै बकुल्लो देखेपछि एउटा कालो कागलाई खपिनसक्नु पीडा भएछ ।

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि…

पर्वत– सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

सुर्खेत– डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि

शहरी विकास मन्त्रालयले आज क्रिकेट मैदानको प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गर्दै

काठमाडौं – शहरी विकास मन्त्रालयले आज त्रिवि क्रिकेट मैदानको प्यारापिट