साउदी प्रो लिग : अल तावौनमाथि अल नासरको फराकिलो जित « Khabarhub

साउदी प्रो लिग : अल तावौनमाथि अल नासरको फराकिलो जित


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग अन्तर्गत अल नासरले अल तावौनलाई फराकिलो अन्तरले हराएको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल तावौनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

१–० गोलले पछि परेको अल नासरले खेलमा कमब्याक गर्दै फराकिलो जित हासिल गरेको थियो ।

अल नासरको जितमा मार्सेलो ब्रोजोभिक आइमेरिक लापोर्टे, ओटाभियो र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरेका थिए । रोनाल्डोको यो गोलसँगै उनले सन् २०२३ मा ५४ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

त्यस्तै अल तावौनका लागि खेलको १३औँ मिनेटमा आसरफ एल माहडीओउइले गो गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

यो जितपछि अल नासर १९ खेलबाट ४६ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेका अल नासरको ५३ अंक छ । ३४ अंक रहेको अल तावौन चौथो स्थानमा छ । 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : २० बजे

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा