मर्दी पदयात्रामा शुल्क उठाएको भन्दै पालिकाको सूचना केन्द्रमा तोडफोड « Khabarhub

मर्दी पदयात्रामा शुल्क उठाएको भन्दै पालिकाको सूचना केन्द्रमा तोडफोड


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

कास्की – मर्दी पदयात्रामा जाने पदयात्रीका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाले शुल्क उठाउन बनाएको सूचना केन्द्रमा तोडफोड भएको छ । पालिकाले शुल्क उठाउँदा पर्यटक घटेको भन्दै पदयात्रा क्षेत्रमा होटल व्यवसाय चलाउँदै आएका व्यवसायीले कार्यालयमा तोडफोड गरेका हुन ।

उनीहरूले हुमाल (लो क्याम्प) मा रहेको सूचना केन्द्रमा तोडफोड गर्नुका साथै काम काजमा पनि समस्या बनाएको गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले बताए । पालिकाले विज्ञप्ति जारी गर्दै विभिन्न निकायसँगको सहकार्यमा नेपाल पर्यटन बोर्डको सहयोगमा सञ्चालनमा ल्याइएको सूचना केन्द्रमा अवरोध भएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

नियमानुसार सञ्चालित कार्यमा अवरोध गर्नु संविधान,नियम तथा कानुनको उल्लङ्घन भएको भन्दै पालिकाले यस्ता कार्य गर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।

गाउँपालिकाले कात्तिक १७ गतेबाट मर्दी पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउन सुरु गरेको थियो ।

गाउँपालिकाभित्र रहेका पदमार्गमा शुल्क उठाउने निर्णय हालैको गाउँसभाले गरेको थियो । प्रवेश शुल्क उठाउन गाउँसभाबाट आर्थिक ऐन २०८० पारित गरिएको थियो । उक्त ऐन अनुसार पालिकाले गत कात्तिकदेखि स्वदेशी पर्यटकसँग १०० रुपैयाँ र विदेशी पर्यटकसँग ५०० रुपैयाँ उठाउँदै आएको थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ०६ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा