गुणस्तरीय पर्यटक भित्र्याउन आवश्यक : महामन्त्री थापा « Khabarhub

गुणस्तरीय पर्यटक भित्र्याउन आवश्यक : महामन्त्री थापा


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गुणस्तरीय पर्यटक भित्र्याउने गरी कार्ययोजना तयार गर्न आवश्यक रहेको बताएका छन् ।

ठमेल पर्यटन विकास परिषद्को आयोजना नयाँ वर्ष २०२४ को स्वागतार्थ आज साँझ ठमेलमा आयोजित ‘सडक महोत्सव’को उद्घाटन गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउने र बढी खर्च गर्ने पर्यटक भित्र्याउने गरी कार्ययोजना बनाउनुपर्ने बताएका हुन् ।

‘पर्यटकको बसाइ लम्ब्याउन र खर्च बढाउन जरुरी छ, पर्यटक प्रवद्धन गर्ने गरी कार्ययोजना बनाउनुपर्छ,’ उनले भने । महामन्त्री थापाले थला परेको नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समय केही आशा जागेको उल्लेख गरे ।

सांसद शिशिर खनालले कोरोनापछि सुस्ताएको नेपालको पर्यटन क्षेत्रले पछिल्लो समय आशा जगाएको बताउँदै यसलाई निरन्तरता दिनेगरी कार्ययोजना बनाउन आवश्यक रहेको उल्लेख गरे।

सांसद गोकर्ण विष्टले भारत र चीनका पर्यटकलाई भित्र्याउने सकेमात्र पनि नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने बताए । सांसद माधव सापकोटाले पर्यटन क्षेत्रको समग्र विकासका लागि दलहरुबीच एकताबद्ध हुन आवश्यक रहेको बताए ।

मुख्यसचिव बैकुण्ठ अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायतले पर्यटन क्षेत्रको विकास र हवाई क्षेत्रको विकासका लागि सरकारले आगामी दिनमा कार्ययोजना बनाएर अगाडि बढ्ने उल्लेख गरे ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको पर्यटन विकासका लागि परिषद्ले लामो समयदेखि काम गर्दै आएको उल्लेख गरे ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ९ : ५६ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने