स्कार्पियोको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु « Khabarhub

स्कार्पियोको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

बाँके– स्कार्पियोको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा सु.प.प्र ०१-००१ च ३४६४ नम्बरको स्कार्पियोको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीया आस्था शाह र हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुषको गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त स्कार्पियोको ठक्करबाट घाइते भएका १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले स्कार्पियो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १२ : ३१ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै