बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले छानबिनबाट दोषी ठहरिएकालाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । 

घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न सरकारले जाँचबुझ आयोग ऐन, २०२६ अनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरेको जानकारी दिँदै उनले आयोगले घटनाको सबै पक्षमा छानबिन गर्ने विश्वास दिलाए ।

उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई आर्थिक सहयोग थप गर्नेबारेमा पनि सरकार परामर्शमा रहेको बताए । ‘मृतकका परिवारलाई जनही रु १० लाख दिने प्रारम्भिक निर्णय हो, इपिएस कोष र वैदेशिक रोजगार बोर्डमार्फत थप सहयोग गरिनेछ’,उनले भने । मृतकका परिपवारलाई योग्यताअनुसारको रोजगारी सरकारले नै उपलब्ध गराउने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : २८ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।