मिसन-८४ हैन, भिजन-९४ सुरु गरौँ : महामन्त्री शर्मा « Khabarhub

मिसन-८४ हैन, भिजन-९४ सुरु गरौँ : महामन्त्री शर्मा


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी नारा मिसन ०८४ होइन, देश बनाउने स्पष्ट भिजन ०९४ सुरु गर्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेसको जिल्ला शाखाले आज आयोजना गरेको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन भिजन ०९४ अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताएका हुन् ।

आउने चुनावको चिन्ता छाडेर देश बनाउने साझा मुद्दामा लाग्न सबै दललाई आग्रह गर्दै महामन्त्री शर्माले चुनावको चिन्ता लिनुभन्दा पनि २०९४ सालसम्म के काम गर्न सकिन्छ भनेर विकासको खाका तयार गरी कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

संविधान सहमतिको साझा दस्तावेज भएको उल्लेख गर्दै उनले दलबीचको सहकार्यले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानप्रति अपनत्वको दायरा बढाउँदै सम्मुन्नतिको यात्रामा लम्कनुपर्नेमा जोड दिए ।

महामन्त्री शर्माले ठूलो जनसङ्ख्याका कारण नेपाली विदेश जाने अवस्था रोक्न र विदेशमा रहेका नेपाली तत्काल फर्क भन्ने अवस्था नरहेकाले वैदेशिक रोजगारीको मर्यादा अभिवृद्धि गर्नुपर्नेमा जोड दिए  ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ४७ बजे

जङ्गली जनावरलाई श्रीमानले थापेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी– यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको

दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु

बयालपाटा प्रादेशिक अस्पताल अछाममा एकै दिन ६ वटा सफल शल्यक्रिया

अछाम– अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालले एकै दिन ६ वटा सफल

किसानलाई राहत : साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब

निजी अस्पताल र क्लिनिकमा स्तनपान कक्ष अनिवार्य गर्न स्वास्थ्य सेवा विभागको निर्देशन

काठमाडौं– स्वास्थ्य सेवा विभागले देशभरका निजी अस्पताल तथा क्लिनिकहरूमा अनिवार्य