एसिसी प्रिमियर कप टी-२० प्रतियोगिता चैत अन्तिम साता हुने « Khabarhub

एसिसी प्रिमियर कप टी-२० प्रतियोगिता चैत अन्तिम साता हुने


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता आगामी चैत अन्तिम साता हुने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता चैत २८ देखि वैशाख ११ (अप्रिल १० देखि २३) मा गर्ने प्रस्तावित मिति सार्वजनिक गरेको हो । प्रिमियर कपमा १० टिमबीच २४ खेल हुने एसिसीले जनाएको छ ।

प्रतियोगिता आयोजकको टुंगो लागेको छैन । यद्यपी यो संस्करणको प्रिमियर कप मध्य पूर्वमा गर्ने एसिसीले जनाएको छ ।

प्रतियोगितामा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कतार, कुवेत, बहराइन तथा च्यालेन्ज कपको विजेता र उपविजेताले भाग लिनेछन् ।

यो प्रतियोगिताको विजेता एसिया कप २०२५ मा छनोट हुनेछ । विजेता, उपविजेता र तेस्रो हुने टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप २०२४ खेल्न पाउनेछन् ।

नेपालले सन् २०२४ को टी–२० विश्वकपअघि एसिसी प्रिमियर कप खेल्न लागेको हो ।

 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ५३ बजे

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न

बाँदरले दुःख दिएपछि ‘तरुल’ खेती

भोजपुर– जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि ब्रेन्टफोडले सानदार जित निकालेको