चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे « Khabarhub

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ- चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको अवलोकन गर्ने पर्यटकको संख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले जानकारी दिए ।

विगतमा यस समयमा हिमपात हुन्थ्यो तर अहिले यस क्षेत्रमा हिमपात नभएको शेर्पाको भनाइ छ । पर्यटक नआएपछि यहाँका होटेल–लज पनि बन्द भएका छन् । होटेल सञ्चालक सदरमकाम फुङ्लिङ झरेका छन् ने केही काठमाडौँ पुगेका छन् ।

चियो याम सुरु हुनुअघिसम्म कञ्चनजंघा क्षेत्रमा पर्यटकको उल्लेखनीय आगमन भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले बताए ।

गत असोजदेखि पुससम्ममा विभिन्न देशका ७६० पर्यटक कञ्चनजंघा क्षेत्रको अवलोकनमा आएका थिए भने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको थियो । शेर्पाले भने, ‘कोरोना महामारीपछि पहिलोपटक यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक कञ्चजंघा क्षेत्रमा धेरै आएका छन् ।’

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ९ : १४ बजे

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १२ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क