कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ   « Khabarhub

कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ घर भई गौशाला बस्ने सुवर्ण सिंह तुम्बाहाङफेकि ४३ वर्षीय श्रीमती जुनु तुम्बाहाङफे रहेकी छन् ।

उनले रस्मिता भुलोनलाई वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु त्यसको लागि ६ लाख ५० हजार रुपैयाँ लाग्छ र कुवेत पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक एक लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी दुई लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई सोमबार गौशालाबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ४ : ०६ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा