बसको ठक्करबाट साइकलयात्रीको मृत्यु | Khabarhub Khabarhub

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। बुटवलबाट भैरहवा जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिएको थियो।

मंगलबार दिउँसो सवा ३ बजेतिर बुटवल उपमहानगरपालिका-८ मिलनचोकमा भएको दुर्घटनामा साइकलयात्री अन्दाजी ४० वर्षीय पुरूषको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

मृतक व्यक्तिको पहिचान खुल्न सकेको छैन। अहिले प्रहरीले मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ। ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : ०३ बजे

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त

आज संसद दिवस मनाइँदै

काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

ताप्लेजुङ– ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक

सिरहामा आँप उत्पादनमा कमी

सिरहा– सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ ।