मन्त्री भुसालद्वारा छड्के अनुगमन « Khabarhub

मन्त्री भुसालद्वारा छड्के अनुगमन


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले बालाजु दुग्ध वितरण आयोजनाको आज छड्के अनुगमन गरेका छन् । आयोजनाले लामो समयदेखि किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको गुनासो आएपछि उनले सो आयोजनाको छड्के अनुगमन गरेका हुन् ।

मन्त्री भुसालको नेतृत्वमा मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलसहितको टोलीले गरेको अनुगमनका क्रममा आयोजनाका दुई सय ५१ कर्मचारीमध्ये ८३ जना अनुपस्थित रहेको पाइएको थियो ।

सो अवसरमा मन्त्री भुसालले आयोजा प्रमुख गणेशकुमार यादवलाई आयोजना सञ्चालन देखिएका बेथितिलाई तत्काल सुधार्न निर्देशन दिए । अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उनले आयोजनाका सुधारका लागि आवश्यक निर्णय गर्ने जानकारी गराए ।

मन्त्री भुसालले आयोजनामा देखिएका कमीकमजोरी न्यूनीकरण गर्न मन्त्रालयमा आवश्यक अध्ययनपश्चात् पदीय जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए ।

किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई कटौती गर्ने बताउँदै उनले भने, ‘दुग्ध विकास संस्थान निरन्तर घाटामा गइरहेको छ । संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन् । पटक(पटक संस्थान सुधारका लागि मौखिक र लिखित निर्देशन दिइएको छ ।’

केही महिना अगाडि खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिए पनि अझै नष्ट नगरेको पाइएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ८ : ३८ बजे

इरान बोल्यो : अहिले पनि अवस्था अझै युद्धजस्तै, डकैती आरोपमा अमेरिकाविरुद्ध राष्ट्र संघमा उजुरी

तेहरान- इरानले देशको वर्तमान अवस्था अझै ‘युद्धजस्तै’ रहेको बताएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३०

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता

बालेन पनि अध्यादेशकै बाटोमा जाँदा विपक्षी दलको मोर्चाबन्दी, एकसाथ भने- असंसदीय कदम सच्याइयोस्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु