भेडेटार महोत्सव सम्पन्न « Khabarhub

भेडेटार महोत्सव सम्पन्न


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटामा ११औँ भेडेटार खानपान महोत्सव आज सम्पन्न भएको छ । होटल व्यवशायी सङ्घ भेडेटारको आयोजनामा धनकुटाको साँगुरीगढी गाउँपालिकाको केन्द्र भेडेटारमा यही पुस १५ देखि उक्त महोत्सव सुरु भएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको उक्त महोत्सवमा रु एक करोडभन्दा बढीको व्यापार भएको आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।

महोत्सवको एक लाखभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटकले अवलोकन गरेको उनले बताए । महोत्सवमा विभिन्न जातिका परिकारसहित स्थानीय उत्पादनका १८ कक्ष राखिएका थिए ।

धनकुटा र सुनसरीको सिमाना चुरे क्षेत्रमा अवस्थित बाह्रैमास चिसो मौसम रहने भेडेटारमा पर्यटक गर्मी छल्न आउने गरेका छन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १० : ५९ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर