मोबाइल तातेर हैरान हुनुहुन्छ, यी हुन् समाधानका उपायहरु « Khabarhub

मोबाइल तातेर हैरान हुनुहुन्छ, यी हुन् समाधानका उपायहरु


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तपाईं स्मार्टफोन तातेर हैरान हुनु भएको होला । धेरै बेर मोबाइल चलाउँदा भिडियोहरु हेर्दा वा इन्टरनेट चलाउँदा मोबाइल तात्ने गरेको छ भने कहिलेकाँहि यत्तिकै पनि मोबाइल तातिरहेको हुन्छ । फोन तातो भएका कारण तपाईले केही बेर मोबाइल अफ पनि गर्नु भएको होला ।

केहीले त मोबाइलमा थप केही समस्या आयोकी भनेर मोबाइल बनाउने स्थानमा समेत मोबाइल लाने गर्नु भएको होला ।
आज मोबाइल तातेको बेलामा के गर्न जरुरी छ भनेर यहाँ प्रश्तुत गरिरहेका छौं

स्मार्टफोनमा कुनै भाइरस छ भनेर पनि मोबाइल सामान्यभन्दा बढि नै तात्न थाल्दछ। यस्ता भाइरसले तपाईँको डाटा सर्भिसलाई गोप्य तरिकाले निरन्तर प्रयोग गरिरहेको हुन्छ।

जीपीएसको धेरैबेर सम्म प्रयोग गरिरहँदा वा ब्लुटूथ स्पिकरबाट म्यूजिक बजाइरहँदा पनि तात्ने समस्या आउन सक्छ। कहिलेकाहिँ, अति धेरै डाटा प्रोसेसिङ्गको कारण पनि स्मार्टफोन तातो हुन जान्छ।

यदि स्मार्टफोनलाई अलि धेरै बेरसम्म चार्जमा छोड्यो भने कहिलेकाहिँ तात्ने समस्या आउन सक्छ, यस्तो समस्या नआउनुपर्ने हो तर पुरानो मोडेलका स्मार्टफोनहरू जुनलाई लामो समयसम्म प्रयोगमा ल्याइयो, त्यसमा तात्ने समस्या आउन सक्दछ।

कतिपयले क्यामेराबाट फोटो लिँदा समेत मोबाइल तातेको इन्टरनेटमा गुनासो गर्ने गर्छन्। धेरै बेरसम्म बढि र्याम ओगट्ने गेम वा एप चलाउँदा पनि स्मार्टफोन नमज्जाले तात्ने हुन्छ।

चार्ज गर्दै गेम खेल्ने, फेसबुक चलाउने अथवा फोन गर्ने गर्नुहुन्छ भनेपनि स्मार्टफोन बढि तात्ने समस्या आउने गरेको छ ।

कसरी गर्ने समाधान

नचाहिएको बेलामा वाईफाई, ब्लुटूथ, जीपीएस जस्ता ब्याट्री र मेमोरी ओगट्ने सर्भिसलाई बन्द गर्दै ठीक हुन्छ। कहिलेकाहिँ ब्याकग्राउण्डमा धेरै एपहरू खुलेको छ भने पनि एण्ड्रोइड मोबाइल तात्ने हुन्छ, त्यसैले त्यस्ता ब्याकग्राउण्डमा चलेका एपहरूलाई बन्द गरिदिनुहोस्।

पुरानो मोडेलको स्मार्टफोनको ब्याट्री फुलेको छ वा छैन भनी एकचोटि जाँच गर्नुहोस्। फुलेको छ भने त्यसको प्रयोग गर्नुहुँदैन, पड्किन सक्छ। अर्को ब्याट्री राख्नुहोस्।

यदि तपाईँको मोबाइलमा भाइरस लाग्यो कि भनेर शङ्का गर्नुभयो भने, एकचोटि खोलिएका सबै एपहरूलाई बन्द गर्नुहोस् र एप सेटिङ्ग्समा गएर इन्टलेसन फर अननोन सोर्स लाई बन्द गरिदिनुहोस्।

तपाईँको चार्जर केबल र एडप्टर डुप्लिकेट छ भने पनि मोबाइलो ब्याट्रीलाई अत्यादिक तताउँदछ। त्यसैले सकेसम्म डुप्लिकेट केवलको प्रयोग नगर्दै उचित हुन्छ ।

तपाईले मोबाइलमा इन्टरनेट प्रयोग गर्दा एक वा दुई भन्दा धेरै सामाजिक सञ्जा प्रयोग गर्नुहुन्छ । जसले गर्दा तपाईको मोबाइलमा सारा एप्पहरु एकसाथ काम गर्छन् । या त कुनै पनि ब्राउजरबाट तपाई धेरै पेज खोलेर चलाउनुहुन्छ भने मोबाइललाई बढी लोड पर्न जान्छ । त्यसैले तपाई अनावश्यक र काम सकिएसँगै पेजहरु बन्द गर्नुहोस् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ३ : ४८ बजे

सुकुम्बासीहरुको स्क्रिनिङसँगै स्वास्थ्य जाँच तथा परामर्शका लागि टोली परिचालन

काठमाडौं– अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा

सरकारी प्रणाली ह्याक गरी ठेक्कामा हेरफेर : थप एकजना ठेकेदार र लेखापाल पक्राउ

काठमाडौं– सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्न्मेन्टव

बुटवलमा पनि चल्यो डोजर, सरकारी जमिनबाट धमाधम हटाइँदै संरचना

बुटवल– बुटवलस्थित उच्च अदालतको अतिक्रमित सरकारी जग्गा खाली गराउन बिहान १०

छैटौँ दुगुनागढी-लिस्तिकोट ‘माउन्टेन ट्रेल रेस’ आगामी सोमबार

काठमाडौं– साहसिक खेल प्रवर्द्धन तथा नेपाली सेनाको इतिहासबारे भावी पुस्तालाई

चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम

टीकापुर– यहाँका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र ‘अफसेट छपाइ मेसिन