सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे, अपराह्न एमालेसँग छलफल हुने « Khabarhub

सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे, अपराह्न एमालेसँग छलफल हुने


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको छ । चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच दिउँसो ३ बजे छलफल हुने बताइएको छ । 

माओवादी निकट स्रोतका अनुसार दिउँसो ३ बजे सत्ता गठबन्धनका चार दलको बैठक डाकिएको छ । साँझ ५ बजे सत्ता गठबन्धन र एमाले बीच बैठक हुने भएको छ ।

मंगलबार बेलुका र बुधबार बिहान पनि प्रधानमन्त्री प्रचण्डले सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लानुपर्ने बताइरहेका छन् ।

सत्ता गठबन्धनमा पनि कसले कति सिट लिने भन्नेमा विवाद टुंगो लाग्ने सकेको छैन। माओवादी र कांग्रेसका नेताहरुबीच निरन्तर छलफल चलिरहेको छ। एमालेसँगको संवादपश्चात उनीहरुले दलहरुबीच भागबण्डा गर्ने तयारी छ।

एमालेले नेताहरु भने गठबन्धनभित्रै भागबन्डाको विवाद चलिरहेको छ । यसको फाइदा एमालेले उठाउँन लागेको छ ।

यो पनि हेनुहोस्….

राष्ट्रियसभाका १९ सिट गठबन्धनलाई गलपासो

राष्ट्रियसभाका ६ सिटमा माओवादीको दाबी, १२ आकांक्षी

राष्ट्रियसभा अध्यक्ष कांग्रेसको भागमा, देउवाको मन सिटौलामाथि

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १२ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार