एन्फा ‘चियाकाण्ड’ – विवकेलाई कारबाही, किरणलाई सचेत « Khabarhub

एन्फा ‘चियाकाण्ड’ – विवकेलाई कारबाही, किरणलाई सचेत


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले असार दोस्रा साता भएको ‘चिया काण्ड’मा फिटनेश ट्रेनर विवेक विक्रान्त अधिकारीलाई कारबाही गरेको छ ।

राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेमजोङ र अधिकारीबीच भएको विवादलाई लिएर एन्फाले कारबाही गरेको हो । मंगलबार बसेको एन्फाको आकस्मिक बैठकले अधिकारीलाई तत्कालका लागि जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

अधिकारीलाई कारबाही गर्दा एन्फाले खेलाडीलाई भने रक्षा दिएको छ । किरणसँगको सामान्य विवादमै अधिकारीले उनको मुखमा चिया उछालेपछि विवाद शुरु भएको थियो ।

विश्‍वकप छनोट प्रतियोगिता तयारीका लागि असार ८ बाट अभ्यास थालेको राष्ट्रिय फुटबल टोलीका फिटनेस ट्रेनर अधिकारी र टोलीका उपकप्तान एवं गोलकिपर किरण चेमजोङबीच विवाद भएपछि अधिकारीले चेम्जोङको मुखमा चिया छ्यापिदिएका थिए ।

घटनापछि किरण सहितका राष्ट्रिय टिमका खेलाडीले एन्फामा निवेदन दिँदै विवेकलाई कारबाही गर्न माग गरेको थिए । सोही अनुसार एन्फाले विवेकलाई तत्काल फुटबल टिमको जिम्मेवारीमा नरहने गरि बाहिर राखेको थियो ।

घटनाको बिषयमा छानविन गर्न कार्यसमिति सदस्य मधुसुदन उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ४ : १८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।