जापानमा भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो | Khabarhub Khabarhub

जापानमा भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको इशिकावा प्रान्तमा सोमबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ । 

सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको  छ । बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन ।

भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधबार बिहान ५.४ र मंगलबार साँझ पनि ४.६ म्याग्निच्युडका दुई ठूला पराकम्पन गएका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार भूकम्पीय तीव्रता स्केल ७ रहेको र जमिनमा उभिन कठिन भएको थियो ।

स्थानीय सञ्चारमाध्यममा आएका विवरणअनुसार इशिकावाका अधिकारीहरूले सरकारलाई विपद् तथा राहतको लागि ‘सेल्फ डिफेन्स फोर्स’का कर्मचारीहरू पठाउन आग्रह गरेका छन । भूकम्पका कारण स्थल यातायातको पहुँच टुटेका क्षेत्रहरूमा आपूर्तिहरू पुर्‍याउन हेलिकप्टर प्रयोग गर्ने तयारी गरेको सशस्त्र बलहरूले जनाएका छन् ।

क्षतिको रिपोर्टसँगै प्रभावित क्षेत्रमा मानिसहरू भत्किएका घरहरूमा फसेको तथा उद्धारको पर्खाइमा रहेको धेरै घटनाहरू आइरहेको नगरपालिका अधिकारीहरूले जनाएका छन् ।  

जेएमएले भूकम्पपछि जापानी समुद्रमा राखिएका सुनामीसम्बन्धी सुचनाहरू हटाएको छ । यद्यपि मौसम अधिकारीहरूले अर्को दुई तीन दिनसम्म शक्तिशाली पराकम्पनहरू आउन सक्ने चेतावनी दिएका छन् ।  

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ३ : ०३ बजे

टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारी सम्मको यात्रा सम्पन्न

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंदेखि कन्याकुमारीसम्मको केटूके ड्राइभ सम्पन्न गरेका

नेपालको ‘घाम पावर’लाई विश्व जलवायु पुरस्कार

काठमाडौँ – नेपालमा सौर्य ऊर्जाका उपकरण बेचबिखन र जडान गर्ने

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

एजेन्सी– तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल

नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं– नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव

चितवन– गत वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट