इरानी जनरल सुलेमानीको चिहाननजिकै दुईवटा विस्फोट हुँदा ७३ जनाको मृत्यु « Khabarhub

इरानी जनरल सुलेमानीको चिहाननजिकै दुईवटा विस्फोट हुँदा ७३ जनाको मृत्यु


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

तेहरान- बुधबार इरानमा रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको वार्षिकी मनाउन जम्मा भएको भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । सन् २०२० मा सुलेमानीको हत्या भएको वार्षिकी मनाउन भेला भएको समूहलाई लक्षित गरी भएका विस्फोटमा परी ७३ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो ।

विस्फोट दक्षिणी सहर केरमानस्थित साहेब अल–जमान मस्जिदमा इरानका रिभोल्युसनरी गार्डका विदेशी अभियान प्रमुख सुलेमानीको चिहान नजिकै भएको थियो । केही समयअघि मस्जिद नजिकै लगातार दुई वटा विस्फोटको सूचना प्राप्त भएको थियो ।

विस्फोटको  कारणका बारेमा तत्काल कुनै जानकारी प्राप्त भएको छैन । सरकारी टेलिभिजनका तस्बिरहरूमा उक्त क्षेत्रमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ । बीबीसीका अनुसार विस्फोटमा १७१ जना घाइते भएका छन् ।

सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गरेका थिए । उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो । उनी बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा मारिएका थिए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ३८ बजे

शिवशिखर सहकारीका २१६ जना पीडितले पाए बचत फिर्ता

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका थप साना बचतकर्ताको रकम फिर्ता

सामाजिक सञ्जालमार्फत होटलमा यौन धन्दा, १२ युवतीसहित १६ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य

निर्वाचन क्षेत्र रणनैतिक सडकः विगतको दायित्व भुक्तानी गर्न २ अर्ब

काठमाडौँ । सरकारले निर्वाचन क्षेत्र रणनैतिक सडकको विगतका आर्थिक वर्षको

महावीरले मागेको मन्त्रालय पाउँदा रास्वपाकै सांसद जिल्लिए

काठमाडौं- झण्डै दुईतिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बलियो