रणनीतिक सुरक्षा तथा रक्षा सहकार्यबारे भारत र ईयूबीच छलफल « Khabarhub

रणनीतिक सुरक्षा तथा रक्षा सहकार्यबारे भारत र ईयूबीच छलफल


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत र युरोपेली युनियन ईयूबीच रणनीतिक सुरक्षा तथा रक्षा सहकार्यबारे छलफल भएको छ । भारतीय चिफ अफ डिसेफन्स स्टाफ जनरल अनिल चौहानको जापान भ्रमणका क्रममा त्यहाँ पुगेकी युरोपेली संसदको सुरक्षा र रक्षासम्बन्धी उपसमितिकी अध्यक्ष नटाली लोइसेउबीच छलफल भएको हो ।

छलफलका क्रममा हिन्द प्रशान्त क्षेत्रमा सहकार्य अभिवृद्धि, आपसी सहयोगका नयाँ क्षेत्रको पहिचानका साथै रक्षा उद्योगमा सहकार्यका विषयमा पनि कुराकानी भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

जापानमा रहँदा जनरल चौहानले हिरोशिमास्थित शान्ति वाटिका र गान्धीको प्रतिमामा माल्यार्पण गरेको र जापानी रक्षा अधिकारीहरुसँग पनि वार्ता गरेको एएनआईले उल्लेख गरेको छ । जापानी रक्षा अधिकारीहरुसँगको वार्ताका क्रमका पनि चौहानले रक्षा सहयर्काबारे छलफल गरेका थिए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ९ : ०२ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको