आज तरकारी तथा फलफूलको मूल्य कति ? « Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति ?


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिकाअनुसार आज लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

यसैगरी, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, अदुवा १४०, रातो आलु ३५, रातो भारतीय आलु ३०, स्थानीय काउली २०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७०, अकबरे हरियो खुर्सानी प्रतिकेजी ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

समितिका अनुसार तोरीको साग ४० रुपैयाँ, रायो साग ३० रुपैयाँ कायम गरिएको छ । यस्तै चमसूर, पालुँगो,  मेथी, सौफको साग ९० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । तराई परबर ७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदिना प्रतिकेजी २२० रुपैयाँमा किनबेच भइरहेको छ ।

ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँ, डल्ले भान्टा ४०, हरियो धनियाँ १०० रुपैयाँ कायम गरिएको छ ।

समितिले हरियो अंगुर प्रतिकेजी २२० रुपैयाँ र कालो अंगुर ३२० रुपैयाँ, अनार ३०० रुपैयाँ किवी २५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ पर्दछ भने अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ९ : २३ बजे

नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण

एमालेको पदाधिकारीमा ५७.८९ प्रतिशत बर्चस्व ब्राम्हण जातिको मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११ औँ महाधिवेशनले पार्टीको पदाधिकारीमा अधिकांश ब्राह्मण-क्षेत्री

मौन बसेरै रघुजीले जिते उपाध्यक्ष

काठमाडौं- नेकपा एमालेको एघारौं महाधिवेशनमा उपाध्यक्षमा रघुजी पन्तले मौन विद्रोह

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय

नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

काठमाडौं– नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा क्षत्री नियुक्त भएका छन्