आज तरकारी तथा फलफूलको मूल्य कति ? « Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति ?


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिकाअनुसार आज लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

यसैगरी, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, अदुवा १४०, रातो आलु ३५, रातो भारतीय आलु ३०, स्थानीय काउली २०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७०, अकबरे हरियो खुर्सानी प्रतिकेजी ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

समितिका अनुसार तोरीको साग ४० रुपैयाँ, रायो साग ३० रुपैयाँ कायम गरिएको छ । यस्तै चमसूर, पालुँगो,  मेथी, सौफको साग ९० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । तराई परबर ७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदिना प्रतिकेजी २२० रुपैयाँमा किनबेच भइरहेको छ ।

ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँ, डल्ले भान्टा ४०, हरियो धनियाँ १०० रुपैयाँ कायम गरिएको छ ।

समितिले हरियो अंगुर प्रतिकेजी २२० रुपैयाँ र कालो अंगुर ३२० रुपैयाँ, अनार ३०० रुपैयाँ किवी २५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ पर्दछ भने अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ९ : २३ बजे

नक्कली औषधि फेला परेपछि स्वास्थ्य मन्त्रालयद्वारा बजार अनुगमन, १५ भन्दा बढी फार्मेसीलाई कारबाही

काठमाडौं– सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनधि सभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

बग्दाद– मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं- आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष