म्यानमारमा नौ हजार भन्दा बढी कैदीलाई माफी « Khabarhub

म्यानमारमा नौ हजार भन्दा बढी कैदीलाई माफी


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्यान्मा म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीको जेल सजायँ माफी गरेको छ ।

म्यान्माका नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई मानवीय तथा शान्तिको अधिकार प्रत्याभूत गर्न बनेको म्यान्माको कानूनको प्रावधान बमोजिम सजाय मिनाहा गरिएको आदेशमा उल्लेख छ ।

गत वर्ष देशको स्वतन्त्रता दिवसको ७५ औँ वर्षगाँठमा सात हजार १२ कैदीलाई आममाफी दिइएको थियो । सन् २०२३ अगस्ट १ मा म्यान्माको दोस्रो वासो चन्द्र महिनाको पूर्णिमाका दिन पर्ने बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व धम्मकाक्का दिवसको उपलक्ष्यमा सात हजारभन्दा बढी कैदीबन्दीलाई आममाफी दिएको थियो ।

म्यान्माको निर्वाचित सरकारलाई अपदस्थ गरी सन् २०२१ को फेब्रुअरीमा १ सैनिक शासन सुरू भएको थियो । सन् २०२१ को सैन्य विद्रोह र त्यसपछिको ‘कू’ विरोधी प्रदर्शनमा भएको हिंसात्मक दमनको प्रतिक्रियामा ‘स्प्रिङ रिभोलुसन’ र ‘पिपुल्स डिफेन्सिभ वार’ को नाममा म्यान्मामा प्रजातन्त्र पुनः बहालीका लागि आन्दोलन चलिरहेको छ ।

देशका अधिकांश भू–भागलाई सेनाको नियन्त्रणमा राखेको, सैनिक सरकारले म्यान्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतका सयौँ नेता तथा हजारौँ कार्यकर्ताविद्ध  भ्रष्टाचार र राज्यविरोधी गतिविधि गरेको अभियोगमा सुरक्षा नियन्त्रण, हिरासत वा जेलमा राखिएको छ । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  १२ : ४२ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत